‘यो दशैँमा आमा आउन सकिन’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)

नेपालीहरुको महान चाड ‘दशैँ’ नजिकिँदै जादा एकपछि अर्को गर्दै दशैँका गीतहरु पनि बजारमा आउन थालेका छन् । अहिले ‘यो दशैँमा आमा आउन सकिन’ बोलको दशैँको एक अर्को गीत सार्वजनिक भएको छ ।

गीतमा भिम मगरले स्वर दिएका छन् भने शब्द तथा संगीतसमेत स्वयं गायक भिमकै रहेको छ । गीतको भिडियोमा सुजाता केसी, गणेश खड्का, रोहित कार्की, जोनी कडेल, बिस्वाश श्रेष्ठ, रमेश राई तथा उपेन्द्र खत्रीको अभिनय रहेको छ ।



प्रकाश लिम्बुले निर्देशन गरेको उक्त भिडियोको छायांकन राहुल राईले गरेका छन् भने सम्पादन बिबी लिम्बुले गरेका छन् । गीतको भिडियो ‘रेन्बो रेज मिडिया’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार