सम्झना हत्या प्रकरण : बलात्कारपछि त्रिशुलले रोपेर निर्मम हत्या

असोज ७ गते बुधबार साँझ बझाङको मस्टा गाउँपालिका २ मा गाईबस्तुलाई घाँस हाल्न गएकी १२ वर्षीया सम्झना विकको बलात्कार पछि हत्या भयो । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सम्झनाको पहिले बलात्कार र त्यपछि मन्दिर भित्र रहेको त्रिशुलले रोपेर हत्या गरेको निष्कर्ष निकालेको छ ।

प्रहरीले हत्या आरोपमा पक्राउ परेका स्थानीय १८ वर्षीय किशोर राजेन्द्र बोहोराको बयान र अन्य प्रमाणका आधारमा सम्झनाको बलात्कार पछि त्रिशुलले रोपेर विभत्स हत्या भएको निष्कर्ष निकालेको हो ।



अहिले राजेन्द्रमाथि जबरजस्ती करणी र ज्यान मुद्दा दर्ता भइसकेको छ । घटना लगत्तै अनुसन्धानमा जुटेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले भने, ‘हामीले घटनाको जानकारी पाएलगत्तै सुक्ष्म अनुसन्धान गर्‍यौं र घटनाको दोषीलाई तत्काल पक्राउ गर्न सफल भयौं । अनुसन्धानका क्रममा पक्राउ परेका अभियुक्तले पहिले बलात्कार र त्यसपछि ढुंगा प्रहार र त्रिशुलले रोपेर हत्या गरेको स्वीकारेका छन् ।’

डीएसपी खड्काका अनुसार प्रहरीले घटनास्थलबाट त्रिशुल समेत बरामद् गरेको थियो । राजेन्द्र यसअघि पनि बलात्कार, चोरीलगायत आपराधिक घटनामा मुछिइसकेका व्यक्ति हुन् ।

सम्बन्धित समाचार