बढ्यो जोखिम : काठमाडौंमा कोरोना संक्रमितको नयाँ रेकर्ड

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक थप १ हजार २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनासहित देशभर २ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

शुक्रवार काठमाडौं उपत्यकामा थपिएका १ हजार ६३८ जना कोरोना संक्रमित मध्ये १ हजार २८० जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ७३९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा थप ३ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । यो कुल संक्रमितको ७३.६ प्रतिशत हो ।

सम्बन्धित समाचार