आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, खोटाङका १, झापाका २३, ताप्लेजुङका १, तेह्रथुमका २, मोरङका १५०, संखुवासभाका १, सुनसरीका २३, धनुषाका ५, पर्साका २४, बाराका १४, महोत्तरीका ६, रौतहटका ४, सप्तरीका १५, सर्लाहीका ६, सिरहाका २२, काठमाडौँका १२८०, काभ्रेका २३, चितवनका ८३, दोलखाका २, धादिङका २३, नुवाकोटका ११, भक्तपुरका १९६, मकवानपुरका ५५, रामेछापका ३, ललितपुरका १६२, सिन्धुपाल्चोकका १०, सिन्धुलीका १३, कास्कीका १३, गोरखाका ४ र तनहुँका ७ जनामा कोरोना पुष्टि भएको छ ।



यस्तै नवलपरासीपूर्वका १६, पर्वतका १, म्याग्दीका ३, लमजुङका १४, बागलुङका १२, स्याङ्जाका २, अर्घाखाँचीका १०, कपिलवस्तुका ७, गुल्मीका २६, दाङका २८, नवलपरासीका २३, पाल्पाका ११, प्यूठानका ११, बर्दियाका ९, बाँकेका ७०, रुपन्देहीका ९२, रोल्पाका २, कालिकोटका ३, जुम्लाका ६, दैलेखका १०, सुर्खेतका १२२, अछामका ८, कञ्चनपुरका ७, कैलालीका १३, डोटीका ८, दार्चुलाका १५, बझाङका ५, बाजुराका १ तथा बैतडीका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ। हाल ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २१० जनाको आईसीयुमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र डोल्पा जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार