मलाई कोरोना संक्रमण भएछ भन्ने कुरा समाचार पढेर थाहा पाएँ, पार्टीले खबरै गरेनः कांग्रेस नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफुसहित केही नेतामा कोरोना संक्रमण भएको रिपोर्ट समाचार पढेर थाहा भएको बताएका छन् । विभिन्न मिडियामा रिपोर्ट सार्वजनिक भैसक्दा पनि पार्टीले खबर नगर्नु दुःखद रहेको उनले बताएका छन् ।

केसीले नवकान्तिपुर डट कमलगायतका अनलाईनमा समाचार प्रकाशित भएपछि मात्र कोरोना पुष्टि भएको थाहा भएको बताएका छन् ।



शनिबार केसी, गगन थापासहित केही कांग्रेस नेताहरुमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनले १५ गते नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको स्वाव संकलनको रिपोर्टको नतिजा सञ्चारमाध्यामहरुबाट थाहा पाइएको तर पार्टीले अझै खबर नगर्नु दुःखद भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता केसीले कोरोना पोजेटिभ रिपोर्ट आएलगत्तै आफु सेल्फ क्वारेन्टाइनमा रहेको र आफुसँग सम्पर्कमा आएका साथीहरुलाई परीक्षण समेत आग्रह गरेका छन् । उनले आफ्नो स्वास्थ्य ठीक रहेको समेत जनाएका छन् ।

सम्बन्धित समाचार