जुम्ल्याहा बच्चालाई जन्म दिएकी २९ वर्षीय आमाको कोरोना संक्रमणबाट मृत्यु, बच्चाको बिचल्ली

बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । एक छोरा र एक छोरीलाई जन्म दिएकी कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान ४:३० बजे मृत्यु भएको हो ।

उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो ।



उनलाई असोज १५ गते नेपालगञ्ज शिक्षण अस्पतालमा भर्ना गरीएको थियो र उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित समाचार