सर्वोच्चमा पस्यो कोरोना, न्यायाधीशसहित कर्मचारीमा देखियो कोरोना संक्रमण

सर्वोच्च अदालतका एक न्यायाधीशसहित केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आजको लागि धेरै जसो इजलासहरु स्थगित गरिएको छ । शनिवार आएको रिपोर्ट अनुसार न्यायाधीसहित कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि न्यायाधीशसहित कर्मचारीहरु होम आइसोलेसनमा बसिरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङको काम भइरहेको छ ।



त्यस्तै आजका लागि न्यायाधीश मनोजकुमार शर्माको एकमात्र एकल इजलास तोकिएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ । न्यायालय तथा विभिन्न राजनीतिज्ञहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार