डा. गोविन्द केसीको स्थिति बिग्रँदै गएपछि अक्सिजन दिइयो

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अक्सिजनको सपोर्टमा राखिएको छ । शिक्षण अस्पताल अनशन बसिरहेका डा। केसीको छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राखिएको हो ।

तर डा। केसीले अन्य औषधी भने लिन नमानेको डा। तोसिमा कार्कीले बताएकी छन्। डाक्टर भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिकाको बाबिरा मष्ट मन्दिरबाट १९ औँ अनशन सुरु गरेका हुन् ।



डा. केसीको २१ औँ दिन पुग्दासम्म पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन ।

सम्बन्धित समाचार