पछिल्लो २४ घण्टामा कोरोनाबाट कतिकाे मृत्यु भयाे ?

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र तीन पुरुष छन् ।

चितवनकी ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष र कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ ।

सम्बन्धित समाचार