नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असाेज ।

नेपालमा कोरोना भाईरस नियन्त्रण बाहिर गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दशैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसपालिको दशैं अहिले बसिरहेकै स्थानमा मनाउन समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए।
पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै मन्त्रालयले चाडबाडमा समेत विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले असअघि नै अत्यावश्यक कामबाहेक काठमाडौं उपत्यका नआउन आग्रह गरेको थियो ।
अहिले उपत्यका संक्रमणको उच्च जोखिममा छ। आइतबार मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ। आज देशभर थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र ७० प्रतिशत छन्।
