मुख्यमन्त्री पोखरेल सवार गाडीमा कांग्रेसका कार्यकर्ताले गरे ढुंगामुढा प्रहार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सवार गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका छन । काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडगबहादुर खत्रीले गाडीमाथि ढुंगा प्रहार भएको पुष्टि गरे ।

ढुंगामुढा गर्दा स्कटिङ सहितको गाडीको सिसा फुटेको छ । ढुंगामुढा प्रहार भएलगत्तै प्रहरीले हवाइ फायर समेत गरेको प्रत्यक्षदर्शीले जनाए । प्रहरीले ढुंगामुढा गर्ने एक दर्जन कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।



प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन् । कांग्रेस सहित सञ्जालले आज रुपन्देही बन्दको आह्वान समेत गरेको थियो ।

सम्बन्धित समाचार