नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असोज ।

प्रदेश ५ को राजधानी दाङ बनाउने विषयलाई लिएर नेकपाभित्रै यतिबेला तीव्र असन्तुष्टि देखिन थालेको छ । असन्तुष्टिमा प्राय रुपन्देहीका नेकपाका सांसदहरु रहेका छन् । उनीहरु रुपन्देहीको बुटवललाई नै प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने अडानका साथ लागिपरेका छन् । यसैबीच सोही अडान राख्दै आएका प्रदेश ५ सभा विधान संशोधन मस्यौदा समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन् ।
प्रदेश ५ को स्थायी राजधानी दाङ लैजाने प्रदेश सभाको निर्णय बहुसंख्यक जनताको पक्षमा नभएको भन्दै प्रदेश सभाको सो प्रस्तावविरुद्ध हस्ताक्षर अभियान सुरु गरेका श्रेष्ठले सभापतिबाट राजीनामा दिएका हन् भन्दै उनले राजीनामा दिएका हुन् । उनी बुटवल २ (क) बाट निर्वाचित प्रत्यक्ष निर्वाचित सांसद हुन् । श्रेष्ठ नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।
प्रदेश सभाको नियमावली संशोधनका लागि भन्दै गत असोज १० गते श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको थियो । सोही विषयमा छलफलका लागि मध्यान्ह १२ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । सो विषयलाई लिएर पार्टीकै नेताहरु आपसमा विभाजित भएपछि बिहान ७ बजे बस्ने भनिएको नेकपाको संसदीय समितिको बैठक अहिलेसम्म पनि बस्न सकिरहेको छैन् ।
