नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असोज ।

हाम्रो समाजका पुरुषले विभिन्न बहाना बनाएर महिलालाई फसाउँदै आएका छन् । त्यस्तै बलात्कारको घटना पनि दिनानुदिन बढिरहेको छ । यस्तै घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका-२ तालतलैया पार्कको जङ्गलमा लगेर बलात्कार गरि ज्यान मार्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको ग्राम थान गाउँपालिका -१ लखनतरी बस्ने ३० वर्षीय विकाशकुमार खाँ रहेका छन् । खाँले २२ वर्षीया एक युवतीलाई विवाह गर्ने आश्वासन दिएर यौन सम्पर्क राखेको र त्यसपछि विष खुवाएर मार्ने प्रयास गरेको प्रहरीको दाबी छ ।
घटना गत फागुन २२ गतेको थियो । त्यसपछि खाँ फरार थिए । सुनसरी प्रहरी प्रमुख कमल थापाले आरोपी खाँलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।
