नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।

भारतको बिहारमा हुन गइरहेको चुनावको ख्याल राख्दै नेपाल र भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ । नेपाल र भारत जिल्ला स्तरीय सीमा सुरक्षा समन्वय बैठकले नाका बन्द गर्ने निर्णय गरेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितकाले जानकारी गराए अनुसार चुनावको समयमा हुन सक्ने सीमा अपराध, हातहतियार ओसारपसार, गोप्य सूचना आदानप्रदानको ख्याल राख्दै दुवै पक्षमा सहमति भएको हो ।
कोरोनाको समयमा बिहारमा दोस्रो चरणमा हुन लागेको राज्य सभाको निर्वाचनलाई कुनै अवरोध बिना स्वच्छ र मर्यादित रूपमा गर्नेका निमित्त सीमा नाका तीन दिनका लागी पूर्ण सिल हुने भएको छ ।
साथै उक्त अवधिभर यातायात र मानिस आवतजावतसमेत गर्ने रोक लगाइनेछ ।
