बझाङमा बलात्कारको घटना ढाकछोप गराउने ६ जना पक्राउ

बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिका, खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै मिलेमतोमा ढाकछोप मिलापत्र गरेको भन्दै प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा छन् । प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर पाँच सय जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए ।



मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको समेत खुलेको थियो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको भन्दै पक्राउ गरिएका राजेन्द्र बोहरा यो घटनामा संलग्न थिए ।

सम्बन्धित समाचार