नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।

डा. गोविन्द केसिको जीवन रक्षाको माग गर्दै वीर अस्पतालका (रेजिडेन्ट एसोसीयन अफ न्याम्स) अन्तर्गत चिकित्सक पढिरहेका डाक्टरहरूले र्याली प्रदर्शन गरेका छन् । र्याली मङ्गलवार बिहान ९ बजे देखी ११ बजेसम्म वीर अस्पतालबाट गरिएको थियो ।
न्याम्सका अध्यक्ष डा. प्रकाश भट्टराईका अनुसार, विगत २३ दिन देखी १९औं सत्याग्रहमा रहेका के.सी.का जायज मागहरू सरकारले वास्ता नगरेको कारण उक्त र्याली निकालिएको हो । डा. केसीको जीवन रक्षाको लागी सरकारले वार्ता कमिटी गठन नगरेसम्म न्याम्सका डाक्टरहरूले वीर अस्पतालमा आउने ओपिडीका बिरामीहरू नहेर्ने चेतावनी समेत दिएका छन् ।
यद्यपि कोभिडमा र आकस्मिक सेवामा रहेका बिरामीहरूकाे भने उनीहरूले उपचार गर्नेछन् । त्यस्तै, अध्यक्ष डा. भट्टराईले जानकारी गराए अनुसार उक्त विरोध कार्यक्रम आजबाट सरकारले माग पुरा नगरेसम्म दैनिक २ घण्टा वीर अस्पतालको प्राङ्गणमा हुनेछ ।
बाँकी ओपिडी बाहेकका इमरजेन्सी सेवाहरू गर्दा पनि हातमा कालो पट्टि बानिने छ ।
