आज कति थपिए काठमाडौँ उपत्यकामा कोराना संक्रमित ?

काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार नाघेको छ ।



स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । कोरोनाबाट हालसम्म ५ सय ६३ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार