नेकपा सचिवालय बैठक : गर्यो यस्तो निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ। मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले डा। केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले केसीलाई अनसन अन्त्य गर्नका लागि सरकाले पत्र पठाएको जानकारी दिएका थिए । ओलीले डा. केसीसँग चिकित्सा शिक्षा क्षेत्र सुधारका विषयमा सरकारले गरेका केही सम्झौता कार्यान्वयन भएको र केही कार्यान्वयनका क्रममा रहेको र ती कार्यान्वयन हुँदै जाने जानकारी दिएका थिए ।



बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रवेश नै पाएन । यसअघि नै शीर्ष ३ नेताबीच खाली ३ मन्त्रालयमा ३ मन्त्री नियुक्त गर्ने समझदारी भएकोले आजको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनसम्बन्त्री कुराकानी नभएको बताइन्छ । बैठकमा विभिन्न संवैधानिक आयोगमा नियुक्ति र पार्टी एकीकरण सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।

गत सोमबार भएका नियुक्तिका विषयमा ओलीले मुख्य सचिवविहिन अवस्था आउन लागेकोले पार्टीमा छलफल नै नगरि निर्णय लिनुपरेको बताएका थिए । अबका दिनहरुमा पार्टी कमिटीमा छलफल गरेर नै नियुक्तिका विषयमा निर्णय लिनेमा ओलीले विश्वस्थ हुन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार