नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असाेज ।

लमजुङ कोरोना संक्रमितको संख्या ४ सय १२ पुगेको छ । बुधबार ८ जनाले कोरोना जितेसँगै कारोना जित्नेको संख्या तीन सय ५७ पुगेको छ । बुधबार ८ जना पुरुष रहेको प्रशासनले जनाएको छ ।
उनीहरु सुन्दरबजारको लमजुङ कृषि क्याम्पस आइसोलेसनमा रहेका ८ जना पुरुष भएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले बताए ।
लमजुङमा हालसम्म ८२ जना महिला र दुई सय ७५ पुरुष गरी तीन सय ५७ ले कोरोना जितेका छन् । जिल्लामा बुधबारसम्म कुल कोरोना संक्रमितको संख्या चार सय १२ पुगेको छ । अब १५ महिला र ४० पुरुष गरी ५५ जना संक्रमित आइसोलेसनमा छन् ।
