नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

सरकारले कोरोना परीक्षण ‘एन्टिजेन किट’ बाट गर्ने भएको छ । मंगलबारबाट नै सो किटबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीले बताए । उनका अनुसार पिसिआर परीक्षण सँगसँगै एन्टिजेन किटबाट परीक्षण हुने भएको हो ।
नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ‘एन्टिजेन’ कीट शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनका अनुसार यो पिसिआरजस्तो लामो प्रक्रिया हुँदैन् । यो किटले जनमानसमा संक्रमित पहिचानका लागि प्रभावकारी भूमिका खेल्ने उनले बताए । सरकारले अहिलेसम्म चार पटकसम्म कोरोना परीक्षण गाइडलाइन परिर्वतन गरेको छ ।

