‘त्रिवि परिसरमा भएको अमर्यादित कार्यको प्राध्यापक संघ घोर भर्त्सना गर्दछ’

गत आश्विन २० गते त्रिवि समाजशास्त्र, केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम चलाउनेमाथि अज्ञात समूहले गरेको हातपातप्रति खेद प्रकट गर्दै त्रिवि प्राध्यापक संघले एक विज्ञप्तिमार्फत् शैक्षिक क्षेत्रमा हुने यस्ता अमर्यादित गतिविधिको अन्त्यका लागि सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ ।

संघका सभापति डा. वसन्त ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘मिति २०७७ आश्विन २० गते मंगलबारका दिन त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम चलाउनेमाथि त्रिभुवन विश्वविद्यालय परिसरभित्रै केहीे उच्छृङ्खल जत्थाले निर्घात रूपमा कुटपिट गरेको घटनाले त्रिवि प्राध्यापक संघ केन्द्रीय समितिलाई स्तब्ध बनाएको छ ।’



‘त्रिवि जस्तो उच्च शिक्षा हासिल गर्ने पवित्र स्थलमा प्राध्यापकमाथि भएको अमानवीय घटनाप्रति त्रिवि प्राध्यापक संघ खेद प्रकट गर्दछ । साथै उक्त घटनाबाट त्रिवि पदाधिकारीहरू समेत संवेदनशील हुनु पर्ने यथार्थतालाई मध्यनजर गर्दैे सो घटनाको यस संघ घोर भत्र्सना गर्दछ’ भनिएको छ ।

‘घटनाको छानविन गरीे घटनामा संलग्न दोषीहरूलाई यथाशीघ्र कार्यवाही गरी यस्ता खालका अमर्यादित गतिविधिहरूलाई अन्त्य गर्नका लागि यस संघ सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार