डब्ल्यूएचओ प्रमुखले नै गरे कोरोना विरुद्धको भ्याक्सीन आउने मितिको घोषणा !

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै ४ हजार भन्दा धेरै संक्रमितको मृत्यु भईरहेको छ भने लाखौँ संक्रमितहरु थपिइरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ । वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि हालसम्म कुनै ठूलो सफलता हात पार्न सकेका छैनन् ।



यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डाक्टर टड्रोस अधोनम घेब्रेयेससले एक सुरक्षित भ्याक्सीन यस वर्षको अन्तिम समयसम्म आईसक्ने बताएका छन् । साथै उनले संसारका सबै नेताहरुलाई भ्याक्सीन समान रुपले वितरण गर्न बताएका छन् ।

डब्ल्यूएचओको कार्यकारी बोर्डको बैठकमा उनले भने, ‘हामीलाई भ्याक्सीनको आवश्यक्ता छ, हामीले यो वर्षको अन्तिमसम्ममा पाउने छौँ, हामीलाई एक अर्काको आवश्यक्ता छ, हामीलाई एकजुटको आवश्यक्ता छ र हामी सबै मिलेर कोरोनासँग लड्न आवश्यक छ ।’

सम्बन्धित समाचार