नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार यस वर्ष दुईजना वैज्ञानिकले पाएका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले इम्मानुएल चारपेन्टियर र जेन्निफर ए डउडनालाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
उनीहरुलार्ई ‘जीनोम इडिटिङ’को विधि विकास गरेकोमा रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो ।

