नवकान्तिपुर संवाददाता
काठमाडौं
भारतीय टेलिभिजनको चर्चित कमेडी शो, द कपिल शर्मा शो लोकप्रिय मानिन्छ । यसलाई फ्यानमात्र होइन स्टारले समेत मन पराउछन् । तर एक यस्ता ब्यक्ति छन् जसले कपिल शर्मा शोलाई मन पराउदैनन् ।
बलिउड फिल्म तथा टेलिभिजन अभिनेता मुकेश खन्ना जो शक्तिमान, महाभारत लगायतका टिभि शो मार्फत दर्शकको घरघर पुग्दथे उनैलाई कपिल शर्मा शो मन पर्दैन । केही समय अघि कपिलले आफ्नो शोमा महाभारतको पुरै स्टारकाष्टलाई आमन्त्रण गरेका थिए तर मुकेश भने शोमा देखा परेनन् ।
महाभारतमा भीष्म पितामहको भुमिकाबाट दर्शकमाझ लोकप्रिय मुकेश खन्ना कपिल शर्माको निमन्त्रणा पाएर पनि गएनन् । यसबारे मुकेशलाई धेरैले प्रश्न गरेका छन् । जसको जवाफमा उनले मुख खोलेका छन् । उनले आफूलाई कपिलको शो फिटिक्कै मन नपर्ने भन्दै यस्तो कार्यक्रममा आफू हिस्सेदार बन्न नचाहेकाले नगएको बताएका छन् ।
मुकेशका अनुसार एडल्ट शब्दको प्रयोग गर्ने, भद्या मजाक, पुरुषले महिलाको पहिरन लगाएर महिलाको बेइज्जती गर्ने, अश्लिलतायुक्त शोमा भाग लिन मन नलागेर नगएका हुन् । उनले भनेका छन्, स्टेजको बिचमा एक मानिसलाई हास्नका लागि राखिएको छ । यसका लागि उसलाई पैसा दिइन्छ । अब यस्तो जबरजस्तीको हास्ने शोमा म किन जाऊ ?