‘एउटी केटीको जिन्दगी बर्बाद पारिदियौ, अब रियासँग माफी माग’

बुधबार बलिउड अभिनेत्री रिया चक्रवर्ती जमानतमा रिहा भएपछि सामाजिक संजालमा एउटा वर्ग निकै खुसी देखियो । उनीहरुले यसअघि रियालाई गलत भन्नेहरुप्रति आक्रोश पनि पोखे । बलिउडका कैयौं सेलिब्रेटीले रियाको रिहाइमा खुसी व्यक्त गरे । उनीहरुलाई यो कुराको पनि दुःख थियो कि एक निर्दोषले यति धेरै दिन जेलमा बिताउनुपर्यो । यद्यपि रिया दोषी छिन् कि छैनन् भन्ने अनुसन्धानमै छ र अदालतले उनलाई दोषी वा निर्दोष के हुन् भन्ने छुट्याइसकेको छैन ।

रिया रिहा भएसँगै अभिनेत्री हुमा कुरेशीले सामाजिक संजालमा आक्रोश पोखिन् । उनले रियाको विषयमा गलत प्रचारबाजी गर्नेहरुले रियासँग माफी माग्नुपर्ने बताएकी छिन् । सुशान्तको केसमा हत्या भएको कुरालाई उचाल्नेहरु सबैविरुद्ध कारवाही हुनुपर्ने उनले बताएकी छिन् । उनले लेखेकी छिन् ‘सबैले रियासँग माफी माग्नुपर्छ । यो कुराको जाँच हुनुपर्छ कि ती को थिए जसले अत्याको थ्योरीलाई फैलाए । लाज लाग्नुपर्छ आफ्नो एजेण्डाको लागि एउटी केटी र परिवारको जिन्दगी बर्बाद पारियो ।’



 

सम्बन्धित समाचार