नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असोज ।

कर्मचारी सञ्चय कोषले आफ्ना सेवाहरु शुक्रबार बन्द गरेको छ । कोषमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएको भन्दै कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो ।
कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न आज असोज २३ गते कोषको उपत्यकास्थित कार्यालयहरू बन्द हुने कोषले निकालेको सूचनामा भनिएको छ ।
कोषबाट प्रवाह हुने अनलाइन विशेष सापटी सेवा यथावत रहने कोषको केन्द्रीय कार्यालय पुल्चोक ललितपुरले उल्लेख गरेको छ ।


