यस्तो छ शनिबारको मौसम पूर्वानुमान

आज बिहानैदेखि देशभरजसो घाम लागेको भएपनि एक दुई स्थानमा फाटफुट पानी पर्न सक्ने मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार पूर्वी पहाडी भेगका आकाशमा थोरै बादल देखिएको बाहेक सबै स्थानमा घाम लागेको छ।

‘आज दिनभरजसो नै देशभर घाम लाग्ने सम्भावना छ,’ उनले भने, ‘तैपनि एक दुई स्थानमा फाटफुट पानी पर्न सक्ने भएकाले हामीले बुलेटिनमा उल्लेख गरेका हौं।’



आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार