पाण्डेले अर्थ र शर्माले गृह मन्त्रालय ताकेपछि अप्ठ्यारोमा ओली

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पटक पटकको आग्रहपछि तत्काल ३ मन्त्री थपेर दशैंपछि मात्र मन्त्रिमण्डले पुनर्गठन गर्न प्रचण्ड सहमत भएका छन् । तत्काल खाली ३ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री ओलीको योजना पनि मन्त्रालय बाँडफाडमा सहमति नजुट्दा अलपत्र परेको छ । ओली र प्रचण्डबीच वरिष्ठ नेता माधव नेपाल समूहका एकसहित आफ्ना निकटका एकएक जनालाई मन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । ओलीले महासचिव विष्णु पौडेललाई सरकारमा ल्याउन चाहे । प्रचण्डले जनार्दन शर्मालाई अगाडि सारे भने नेता नेपालले सुरेन्द्र पाण्डेलाई अगाडि सारे ।

ओलीले पौडेललाई अर्थ, पाण्डेलाई शहरी विकाश र शर्मालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका थिए । तर पाण्डेले अर्थबाहेक अन्य मन्त्रालयमा नजाने बताएपछि तत्काल नियुक्त गर्ने भनिएका ३ मन्त्रीहरूको पनि नियुक्ति हुन सकेको छैन । यता शर्माले पनि सञ्चारमा नजाने भन्दै गृहमा चासो देखाएपछि प्रचण्ड पनि अप्ठ्यारोमा परेका छन् ।



तत्काल गृहमा राबहादुर थापा कायम रहेकोले त्यसको सम्भावना नरहेको भन्दै दशैंपछि हुने पुर्नगठनमा मन्त्रालय हेरफेर गर्ने प्रचण्डले बताए पनि शर्माले त्यसोभए दशैंपछि नै मन्त्री बन्ने बताएपछि प्रचण्डले उनको विकल्प खोज्ने तयारीमा छन् । यता नेता नेपाल भने सुरेन्द्रको विकल्प खोज्न नसकिने भन्दै अर्थ नै दिएर भएपछि उनलाई मन्त्री बनाउनुपर्ने अडान राखेका छन् । नेपालको यो अडानले तत्काल ३ मन्त्री थप्ने ओलीको योजना अलपत्र पर्ने देखिएको छ ।

आफूले भनेजसरी मन्त्रालय बाँडफाँडमा सहमति नजुटे दशैंअगाडि मन्त्री नियुक्तिको चक्करमा नलाग्ने ओलीले बताउने गरेका छन् । यता प्रचण्ड भने ३ मन्त्री थप्ने विषयमा सहमति नभए कम्तिमा १० मन्त्री थप्नेगरी दशैंअगाडि नै मन्त्रिमण्डल पुर्नगडठन गर्नुपर्ने बताउँदै आएका छन् । आज या भोली वार्तामा बसेर यी विषयहरू टुंगोमा पुर्याउने ओली प्रचण्डको तयारी रहेको छ ।

सम्बन्धित समाचार