यी हुन् गायिका नेहा कक्कडका प्रेमी, विवाह कहिले ?

भारतीय गायिका नेहा कक्कडको विवाहको खबर अहिले बलिउड बजारमा चर्चाको विषय बनेको छ । इन्डियन आइडलको जज समेत रहेकी नेहाको नेपाली मूलका गायक आदित्य झासँग विवाह हुने खबरले पनि चर्चा नकमाएको हैन ।

इन्डियन आइडलको सेटमै नेहा र आदित्य ‘प्रेम जोडी’का रुपमा प्रस्तुत हुन्थे । तर, धेरै पछि मात्रै नेहा र आदित्यको प्रेम ‘स्टन्ट’ मात्रै भएको तथ्य बाहिर आयो ।



कुनै बेला गहिरो प्रेममा रहेर पीडादायक विछोड झेलेकी गायिका कक्कड पुनः एक गायकको प्रेममा परेकी छन् । भारतीय सञ्चारमाध्यममा नेहा र पञ्जावी गायक रोहनप्रित सिंह प्रेम सम्बन्धमा रहेको चर्चा चल्न थालेको थोरै समय मात्रै भएको थियो, उक्त चर्चालाई पुष्टि गर्ने गरी नेहा आफैंले ‘कदम’ चालेकी छन् ।

नेहाले हालै इन्स्टाग्राममा एक तस्वीर शेयर गरेकी छन् । तस्वीरमा नेहा पञ्जावी गायक रोहनप्रितसँग देखिन्छन् । तस्वीरको क्याप्सनमा नेहाले लेखेकी छन्, ‘यु आर माइन’ अर्थात ‘तिमी मेरो हौ’ । नेहाले क्याप्सनसहित दुईजनाको नामबाट ‘नेहुप्रित’ ह्यासट्याग समेत गरेकी छन् ।

भारतीय सञ्चारमाध्यममा आएका खबरका अनुसार नेहा र रोहनप्रित विवाह गर्ने तयारीमा छन् । उनीहरुले अक्टोबर २४ तारिखमा दिल्लीमा विवाह गर्दैछन् ।

https://www.instagram.com/p/CGG1uhxDXWg/

सम्बन्धित समाचार