नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असोज ।

घरमा काम गर्ने एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन् ।
पौडेलले ट्वीट गर्दै आफ्नो घरमा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि भएपनि आफू केही दिनका लागि आइसोलेसनमा रहेको बताएका हुन् । उनले आफू र आफ्नो परिवारका सदस्यलाई कोरोनाको कुनै लक्षण नेखिएको जानकारी पनि गराएका छन् ।
असोज २५ गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकका लागि कांग्रेसले बिहीबार नेता तथा कर्मचारीको कोरोना परीक्षण गरेको थियो । परीक्षणका क्रममा पाँच जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएको थियो ।
मेरो घरमा एक कर्मचारीमा कोरोना ( Covid-19) संक्रमण देखिएकाले केहि दिनको लागि Isolation मा रहने छु ।
म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।#staysafe#COVID19— Ram Chandra Paudel (@RcPaudelNepal) October 9, 2020
