नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार २ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १९३२० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ भने ४ हजार ६ सय ८६ जना क्वारेन्टिनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् ।
यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १,११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
