न मास्क, न सामाजिक दुरी, मन्त्री भट्टराई संक्रमित भएपछि को-को परे कन्ट्यास ट्रेसिङमा ?

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना भएपछि कन्ट्याक्ट् ट्रेसिङमा गृहसचिवदेखि सशस्त्र प्रमुखसम्म परेका छन् । गत असोज २१ गते बुधवार नेपाल चीन –सीमा क्षेत्र ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को उद्घाटनका लागि पर्यटन मन्त्री योगेश भट्टराईसहित गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बल नेपालका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी त्यहाँ पुगेका थिए।

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण ‘कन्ट्यास ट्रेसिङ’ मा परेका गृह सचिव न्यौपाने, नेपाल प्रहरीका सशस्त्रका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सेल्फ आइसोलेशनमा बसेका छन् । त्यहाँ उनीहरूले मास्क प्रयोग गरेका पनि थिएनन्। सरकारी उच्च अधिकारीहरुले नै सामाजिक दुरी कायम गरेनन्। मास्क पनि लगाएर हिँडेका थिएनन्।



भट्टराईले शुक्रबार मात्र भारतिय राजदुत विनय मोहन क्वात्रालाई मन्त्रालयमै भेटेका थिए । जिल्ला बाहिरका विभिन्न कार्यक्रममा सहभागी भएका उनले त्यहा पनि सामाजिक दुरी कायम गरेको पाइएको छैन ।

सम्बन्धित समाचार