नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनकै पार्टी नेकपाका सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन् । नेकपा सांसद कुर्मराज शाहीका अनुसार १८ जना सांसदले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेका हुन् ।
४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ जना छन् । मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेको सूचीमा पूर्व माओवादी खेमाबाट प्रतिनिधित्व गर्ने उपसभामुख पुष्पा घर्ती र सांसद धर्मराज रेग्मीले पनि हस्ताक्षर गरेका छन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले आफू मुख्यमन्त्री शाहीको निवासमा रहेको बताए ।
