नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि उनको कोरोना परीक्षण गरिएको र आइतबार रिपोर्ट पोजेटिभ आएको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रीको सचिवालयले उनको सम्पर्कमा रहेकाहरुलाई सचेत रहन र आवश्यक परे कोरोना परीक्षण गराउन भनेको छ । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई संक्रमण पुष्टि भएको थियो ।
