दशैंको मुखमा यातायात व्यवसायीले किन गरे आन्दोलनको घोषणा ?

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरु मार्फत तत्काल सम्बोधन नगरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरुले सम्बोधन गर्नुपर्ने लगायतका माग अघि सार्दै आन्दोलनको घोषणा गरेका हुन् ।

मागहरु सम्बोधन नभए मंसिर १६ गतेबाट देशव्यापी रुपमा आम हड्तालसम्मको कार्यक्रम गर्ने चेतावनी महासंघको छ । महासंघले यातायात व्यवसायीले लिएको ऋणको ब्याज सहज परिस्थिति नहुँदासम्म पूर्ण रुपमा मिनाहा गर्नुपर्ने, सहुलियत ब्याजमा थप कर्जा उपलब्ध हुनुपर्ने, ऋण तिर्ने भाका अवधिलाई थप गरी पुनकर्जा सहितको पुर्नतालिका बनाइनुपर्ने लगायत माग राखेको छ ।



महासंघले आफ्ना मागहरु पूरा गर्न प्रधानमन्त्री तथा सातै प्रदेशका मुख्यमन्त्रीहरु र सम्बन्धित कार्यालयहरुलाई आग्रह समेत गरेको छ ।

सम्बन्धित समाचार