शिक्षा र पर्यटनमन्त्रीलाई कोरोना लागेपछि गुरुङ र ज्ञवालीले पाए थप जिम्मेवारी

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएपछि उनीहरुले गर्दै आएको काम तत्कालका लागि दुईजनालाई जिम्मेवारी तोकेका छन् ।

शिक्षा मन्त्रालयको जिम्मेवारी महिला, बालबालिका तथा जेष्ठनागरिकमन्त्री पार्वत गुरुङ र पर्यटन मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई तोकिएको छ ।



पोखरेल र भट्टराई कोरोनाबाट निको भएर काममा नफर्किएसम्मका लागि जिम्मेवारी दुईजनालाई दिइएको स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार