नेकपा कर्णाली प्रदेश विवाद : निलम्बित प्रमुख सचेतकले बोलाए दलको बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका निलम्बित प्रमुख सचेतक गुलाबजङ शाहले दलको बैठक बोलाएका छन् । शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

बैठकमा प्रदेशका नेकपाका ३३ सदस्य नै आफूले बोलाएको बैठकमा सहभागी हुने शाहले बताए। मुख्यमन्त्रीमाथिको अविस्वास प्रस्तावमाथि दलको बैठकमा घनिभूत छलफल हुने उनले बताए ।



मुख्यमन्त्री शाहीले आफूलाई कारबाही गर्नु गैरसंवैधानिक भएको उनले आरोप लगाएका छन् । यता नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गते संसदीय दलको बैठक बोलाएकी छिन्।

सम्बन्धित समाचार