नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ भने ४ हजार ७ सय ९५ जना क्वारेन्टिनमा छन् ।
यस्तै आज काठमाडौं उपत्यकामा २ हजार १२९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ७४६ , ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ । गत २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन् ।
