कोरोनाबाट थप कति जनाको मृत्यु भयो ?

नेपालमा कोरोना संक्रमणको कारण थप १८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १५ हजार ५७७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार