
लमजुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार स्वास्थ्य निर्देशनालय पाेखरामा भएको परीक्षणमा लमजुङका २९ जनामा संक्रमण पुष्टि भएको हो ।
लमजुङको दोर्दी गाउँपालिकाका २७ जना लिबर्टी हाइड्रो कम्पनीमा कार्यरत र अन्य कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ ।
यता गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १०० पुगेको छ । संक्रमितमध्ये ३ हजार ४४९ जना उपचारपछि निको भएका छन् ।

