नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असाेज ।

कोरोना भाइरसको संक्रमणबाट लमजुङका एक पुरुषको मृत्यु भएको छ । बेसीसहर नगरपालिका-२का ५६ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । उनलाई १८ असोजमा संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहका दीर्घरोगी समेत हुन् ।
लमजुङका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार स्वास्थ्य निर्देशनालय पोखरामा भएको परीक्षणमा लमजुङका २९ जनामा संक्रमण पुष्टि भएको हो ।
लमजुङको दोर्दी गाउँपालिकाका २७ जना लिबर्टी हाइड्रो कम्पनीमा कार्यरत र अन्य कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ ।
