नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असाेज ।

आज पहाडी क्षेत्रको एक-दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र अरब सागरतिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसकै प्रभावले आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भई एक-दुई ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए।
उनका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । यस्तै राति पनि प्रदेश १ का एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । आजको तुलनामा भोलि र पर्सि अलि धेरै पानी पर्ने मौसमविद् प्रधानाङ्गले पूर्वानुमान गरेका छन् । तर ठूलो वर्षा र झरीको संभावना भने नरहेको उनको भनाइ छ ।
