ओलीले एकलौटी मन्त्रिपरिषद् पुर्नगठन गरेपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे नेपाल

मन्त्रिपरिषद् पुर्नगठनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फेरि विवादको सृजना गरेको छ । प्रधानमन्त्री केपी ओलीले एकतर्फीरुपमा पुर्नगठन गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएको छ। अध्यक्ष प्रचण्ड र नेता नेपालबीच प्रचण्ड निवासमा नयाँ रणनीतिको तयारीका लागि छलफल सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्रलाई मात्रै समेटेर मन्त्रिमण्डल पूर्नगठन र विस्तार गरेपछि नेकपाभित्र थप कलह जन्माउने संकेत मिलीरहेका बेला वरिष्ठ नेता माधव नेपाल विहीबार एकाबिहानै अध्यक्ष प्रचण्ड भेटन खुमलटार पुगेका हुन्।



प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्रलाई मात्रै समेटेर मन्त्रिमण्डल पूर्नगठन र विस्तार गरेपछि नेकपाभित्र थप कलह जन्माउने संकेत मिलीरहेका बेला प्रचण्ड  र नेपालबीच थप रणनीति तय हुने भएकाे छ ।

पार्टीमा कुनै सल्लाह नगरी सरकारका काममा प्रधानमन्त्री ओलीले फेरि एकलौटी र स्वेच्छाचारि शैली अपनाएको भन्दै नेपाल र प्रचण्डले साथसाथै प्रतिवाद गर्ने गरी छलफल गरेको स्रोतले बताएको छ।

सम्बन्धित समाचार