मौसम पूर्वानुमान: आज यी स्थानमा हुनेछ छिटफुट वर्षा

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नरहेको बताएको छ । हालको मौसम भने प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।

यसैगरी, दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।



यस्तै, राती प्रदेश १, बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार