गण्डकी प्रदेशमा बिहानै थपिए ७८ जना संक्रमित

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा सबैभन्दा धेरै नवलपुरका ३८ जना छन् । जसमा देबचुलीका १३, गैडाकोटका १८ र कावासोतीका ७ जना रहेका छन् ।

यस्तै कास्कीका १९, बागलुङका सात, तनहुँका छ, गोरखाका पाँच र लमजुङका तीन जनामा पनि संक्रमण भएको छ ।



योसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या पाँच हजार ४३४ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित समाचार