सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि नेकपा उपाध्यक्ष गौतम आइसोलेशनमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी र सवारी चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनको परिवार र सचिवालयका सदस्यहरूमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन।



सुरक्षाकर्मी र चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि गौतम अहिले सम्पूर्ण भेटघाट बन्द गरेर होम आइसोलेशनमा बसेका छन् ।

सम्बन्धित समाचार