नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कात्तिक ।

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाले हाल प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने जानकारी दिएको छ ।
महाशाखाले दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ, भने प्रदेश १ को एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राति प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, प्रदेश १ को एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
