कोरोनाको परीक्षण र उपचारबाट सरकार पछि हट्यो, भन्यो-‘अब आफ्नै खर्चमा उपचार गर्नु’

सरकार कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट पछि हटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो।

अरू नागरिकहरूले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्नेछ। तर विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यसअघि सरकारले कोरोना संक्रमितको निस्शुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो।



आजैदेखि लागू हुने गरी स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतको उपचारमा पनि यदी कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय गरेको छ। डाक्टर गौतमका अनुसार अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिकै आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ।

सम्बन्धित समाचार