बालुवाटारमा ओली–प्रचण्डबीच छलफल, के भयाे कुराकानी ?

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ। पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, सदस्यता टुंगो लगाउने र कर्णालीको विवाद समाधानको विषयमा छलफल भएको बताइन्छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार दुई अध्यक्षबीच बालुवाटारमा केहीबेर छलफल भएको हो। यसअघि बुधबार पनि ओली प्रचण्डले साढे दुई घण्टा छलफल गरेका थिए। कर्णाली प्रदेशका पदाधिकारीसँगको बालुवाटारमा भएको सामुहिक छलफलमा भने प्रचण्ड सहभागी भएका थिएनन्।



पछिल्लो समय मन्त्रिपरिषद् पुर्नगठनपछि ओली प्रचण्डबीचको सम्बन्ध बिग्रिएको थियो । ओलीले एकतर्फी रुपमा मन्त्रिपरिषद् पुर्नगठन गरेपछि प्रचण्ड र नेता माधव नेपाल ओलीसँग रुष्ट हुँदै आएका छन् । उनीहरुले पार्टी कमिटीमा ओली प्रवृत्तिको समिक्षा हुनुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार