नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ। संक्रमित तीन हजार चार सय ९९ जना निको भएका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशभरी गरेर कोरोनाबाट ५० जनाले ज्यान गुमाइसकेका छन्। आइतबार थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार सात सय ८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।
प्रदेशमा हालसम्म कुल ८१ हजार पाँच सय १५ जनाको नमूना परीक्षण गरिएको छ।
